संसदीय दलको नेता फेर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने प्रचण्ड-नेपाल समूहको निर्णय
नेपालखोज
२०७७ फागुन १९ गते १४:०१

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले संसदीय दलको नेता फेर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ ।
आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले संसदीय दलको नेता फेर्न सिफारिस गरेको हो । यसअघि बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता बनाएको थियो ।
आजै दिउँसो बस्ने केन्द्रीय कमिटी बैठकले उक्त निर्णय अनुमोदन गर्नेछ । आजको बैठकले केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गरेको छ ।
सम्बन्धित

प्रतिक्रिया