देशभरको मौसम सफा, प्रदेश १ र गण्डकीमा हल्का वर्षा

नेपालखोज २०७८ असोज २४ गते ६:०९

काठमाडौं । देशभर आज (आइतबार) आंशिकदेखि सामान्य बदली रही प्रदेश १, वाग्मती र गण्डकीका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली भने छैन ।

हाल देशभर सामान्यत: मौसम सफादेखि आंशिक बदली रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज राति भने देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

यस्तै भोलि (सोमबार) देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । विभागका अनुसार पर्सि (मंगलबार) दिउँसो भने देशभर सामान्यत: मौसम सफादेखि आंशिक बदली रही गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । मंगलबार राति देशभर सामान्यत: मौसम सफादेखि आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

साथै देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, वाग्मती र गण्डकीका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सर्वसाधारणमा अनुरोध छ ।

प्रतिक्रिया