बुधबार, वैशाख १२, २०८१

‘बी’ डिभिजन लिग : नयाँ बस्ती र टुसाल क्लबको बराबरी

नेपालखोज २०७७ फागुन १९ गते १६:१०

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा नयाँबस्ती युवा क्लब र टुसाल युथ क्लबले बराबरी खेलेका छन् ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा आज भएको पहिलो खेलमा नयाँबस्ती र टुसालले १र१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।नयाँबस्तीले सुरुवाती गोलको अग्रता जोगाउन सकेन ।

खेलको ३९ औं मिनेटमा विवेक गुरुङले गोल गर्दै नयाँबस्तीलाई अग्रता दिलाएका थिए । तर, खेलको ७१ औं मिनेटमा टुसालका लागि एलोन राईले बराबरी गोल फर्काए । अर्को खेलमा साढे तीन बजेदेखि अहिले खुमलटार युथ क्लब र ब्वाइज युनियन क्लब खेल्दैछन् ।

प्रतिक्रिया