शनिबार, वैशाख १५, २०८१

जगदम्बा सिमेन्टद्वारा निर्माण एक्सपर्टहरुसँग अन्तरक्रिया

नेपालखोज २०७७ फागुन १९ गते १६:२१


काठमाडौं । निर्माण एक्सपर्टहरुसँगको सहकार्य र समन्वयले मात्र राष्ट्रको समृद्धि हुन सक्ने कुरालाई मनन गर्दै जगदम्बा सिमेन्टले फागुन १७ गते सिन्धुपालञ्चोकको मेलम्चीमा ४० भन्दा धेरै निर्माणकर्मी, इन्जिनिएर, आयोजना प्रमुख लगायत मिडियाकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।


हामीले हाम्रा संरचनाहरु भुकम्प प्रतिरोधात्मक बनाउन गुणस्तरीय निर्माण सामाग्रीका प्रयोगका साथै दक्ष जनशक्तिहरुबाट निर्माण सम्पन्न गर्नुपर्ने कुरा कम्पनीका बिक्री प्रबन्धक नवराज भुर्तेलले प्रष्ट पारे । सो अवसरमा मेलम्ची नगरपालिका भवन शाखाका प्रमुख इन्जिनीयर जितबहादुर कार्कीले निर्माण संरचना र सेटिङ टायमका आधारमा मात्र ओ.पि.सि. र पि.पि.सि. सिमेन्टको प्रयोग गर्नुपर्ने कुरामा जोड दिए ।


स्थापनाकालदेखि नै निर्माणकर्मी, उपभोक्ता तथा बिक्रेतालाई विभिन्न कार्यक्रमहरु जस्तै जगदम्बा जागरण, जगदम्बा विशेष, जगदम्बा आरोहण, जगदम्बा प्रयोग विधिबाट लाभान्वित गर्दै आएकोमा भावीदिनहरुमा यस्ता कार्यक्रमहरुको निरन्तरता दिने प्रतिबद्धता कम्पनीका बरिष्ठ ब्राण्ड मेनेजर जगन्नाथ दाहालले गरे ।

प्रतिक्रिया