कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक
नेपालखोज
२०७७ फागुन २० गते १०:२८

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।
बिहीबार दिउँसो सभापति देउवाले आफ्नै निवास बुढानिलकण्डमा पदाधिकारी बैठक बोलाएका हुन् ।
बैठकमा फागुन २३ गते प्रतिनिधिसभा बैठक बोलाइएकाले समसामयिक राजनीतिक घटनाक्रम, संसद् र संसदीय दलमा के एजेण्डा लिएर जाने भन्ने विषयमा छलफल केन्द्रित हुने जनाइएको छ ।
संसदमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे छलफल गर्न शुक्रबार कांग्रेस संसदीय दलको बैठक बोलाइएको छ ।
त्यस्तै बुधबार कांग्रेसले जुनसुकै बेला उपलब्ध हुनुपर्ने भन्दै सांसद्हरूलाई काठमाडौंमै रहन निर्देशन दिएको थियो ।
कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँडले अनौपचारिक रुपमै काठमाडौं बाहिर नजान र नगइ हुने अवस्था भए परामर्श गर्न सांसदहरुलाई खबर गरेका हुन् ।
सम्बन्धित
प्रतिक्रिया