अमेरिकी संसदमा आक्रमण हुनसक्ने चेतावनीका कारण युएस क्यापिटलको सुरक्षा व्यवस्थामा कडाई
नेपालखोज
२०७७ फागुन २० गते ११:४६

एजेन्सी । अमेरिकी संसदमा आक्रमण हुन सक्ने भन्दै युएस क्यापिटलमा सुरक्षा व्यवस्था कडा गरिएको छ।
इन्टेलिजेन्स सूचनाका आधारमा एक मिलिसिया समूहले भवनमा आक्रमण गर्न सक्ने जानकारी पाएपछि सुरक्षा व्यवस्था कडा गरिएको हो ।
मिलिसिया समूहको आक्रमणको चेतावनी सार्वजनिक भएपछि अमेरिकी संसदको कारबाही आजको लागि स्थगित गरिएको छ ।
जो बाइडेनलाई आधिकारिक रुपमा राष्ट्रपति निर्वाचित गर्न बैठक बसेको समयमा डोनाल्ड ट्रम्प समर्थकहरुले भवनमा घुसेर आक्रमण गरेयता क्यापिटलको सुरक्षाको व्यवस्थालाई बलियो बनाउने प्रयास भइरहेको अमेरिकी समाचार एजेन्सीहरुले जनाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया