४१ हजार फीटको उचाइमा उडेको विमानमै विवाह
नेपालखोज
२०७७ फागुन २० गते १३:२०

अष्ट्रेलिया । अष्ट्रेलियाको एक विमानमा ४१ हजार फीटको उचाइमा विवाह सम्पन्न भएको छ ।
भर्जिन एयरलाइन्सको विमान मेलबर्नबाट सिड्नी गइरहेको बेलामा इलेयन टियाङ र ल्युक सेरडारले एकअर्कालाई औंठी लगाइदिएर विवाह गरेका हुन् । उनीहरुले एक अर्कालाई फूलको बूके दिई माया साटे । अभिनेत्री टोटी गोल्डस्मिथले पादरीको भूमिका निर्वाह गरी विवाह सम्पन्न गराइन् ।
भर्जिन एयरलाइन्सका मालिक रिचर्ड ब्रानसनले सामाजिक सञ्जालमा सो विवाहको तस्बिर सार्वजनिक गरी यसको जानकारी गराए ।
सम्बन्धित
प्रतिक्रिया