शुक्रबार, चैत १६, २०८०

तोलामा एक हजारले घट्यो सुनको मूल्य

नेपालखोज २०७७ फागुन २० गते १३:४२

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा एक हजारले ओरालो लागेको छ ।
बुधबार तोलामा ८७ हजार ५ सयमा कारोबारर भएको छापावाला सुन आज ८६ हजार ५ सयमा कोरोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

त्यसैगरी बुधबार ८७ हजार ५० मा कारोबार भएको तेजाबी सुन आजका लागि भने तोलामा ८६ हजार ५० मूल्य निर्धारण भएको महासंघले जनाएको छ । साथै बुधबार एक हजार ३१५ मा कारोबार भएको चाँदी आज तोलामा एक हजार २८५ मूल्य निर्धारण भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया