हस्ताक्षर, नागरिकता र परिचयपत्र लिएर प्रचण्ड–नेपाल समूह निर्वाचन आयोग जाँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेपाल) प्रचण्ड–नेपाल समूह फेरि निर्वाचन आयोग जाने भएको छ ।
गत २० माघमा बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित आधिकारिकताको दावी पेश गरे पनि निर्वाचन आयोगले कुनै निर्णय नगरेपछि यो समूह आयोज जान लागेको हो ।
त्यसो त बुधबार मात्रै यो समूहले केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन गरेको थियो । हस्ताक्षर पत्र, नागरिकताको प्रतिलिपि र पार्टी परिचयपत्र लिएर यो समूह आयोग जान लागेको हो ।
त्यस्तै आइतबार अपराह्न ४ बजे प्रतिनिधिसभा बस्दैछ । तर, निर्वाचन आयोगले अहिलेसम्म नेकपा विवादमा टुंगो लगाएको छै । आयोगले नेकपा विवाद टुंगो नलगाएपछि आफ्नो पार्टी आधिकारिक पार्टी भएको र तत्काल निर्णय गर्न दबाब दिनका लागि प्रचण्ड– नेपाल समूह आयोग जान लागेको हो । तर, आयोगले ५ पुसभन्दा पछाडि गरिएको दाबीलाई मान्यता नदिने निर्णय गरेको छ ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाा विघटन गरेपछि सत्तारुढ दल नेकपा दुई समूहमा विभाजन भएको थियो ।

प्रतिक्रिया