हवाई इन्धनको मूल्य बढेसँगै भाडा पनि वृद्धि
नेपालखोज
२०७७ फागुन २० गते १७:२२

काठमाडौं । नेपालमा हवाई इन्धनको मूल्य वृद्धि भएसँगै हवाई भाडा पनि बढेको छ । हवाई इन्धनमा प्रति लिटर पाँच रुपैयाँले बढाएको नेपाल आयल निगमले हवाई भाडा पनि वृद्धि गरेको हो ।
वायुसेवा सञ्चालक संघ नेपालले फागुन २१ अर्थात भोलीदेखि लागु हुने भाडा बढाएको हो । इन्धन शुल्क बढाउने निर्णयलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृत दिइसकेको पनि संघले जनाएको छ ।
हवाई इन्धनको मूल्य प्रतिलिटर पाँच रुपैयाँ बढ्दा विमानको इन्धन शुल्क न्यूनतम २० रुपैयाँदेखि अधिकतम २२० रुपैयाँसम्म बढेको संघले जनाएको छ । संघको यो निर्णयसँगै काठमाडौं-धनगढी उडानको इन्धन शूल्क सबैभन्दा बढी २२० रुपैयाँ बढेको छ ।
त्यस्तै, डोटी-साँफेबगरको हवाई इन्धन शुल्क २० रुपैयाँले बढेको संघले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया