बिहीबार, चैत १५, २०८०

ओली, नेम्वाङलगायतलाई कारबाही गरेको दाहाल-नेपाल पक्षद्वारा सङ्घीय संसद् सचिवालयलाई जानकारी

नेपालखोज २०७७ फागुन २० गते १९:००

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले सङ्घीय संसद् सचिवालयलाई प्रधानमन्त्री केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङलगायतलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको जानकारी गराएको छ ।

प्रचण्ड–माधव समूहका सांसदहरू देव गुरुङ, पम्फा भुसाल, सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ र दिनानाथ शर्मालगायत नेता संसद् सचिवालय पुगी पार्टीले प्रधानमन्त्री ओलीलाई साधारण सदस्यबाट नै हटाएको पार्टीको निर्णयसम्बन्धी पत्र दर्ता गराएका हुन् । यस समूहले संसदीय दलको हैसियत रहने कुनै पनि कार्यलाई मान्यता नदिन पनि सङ्घीय संसद् सचिवालयलाई आग्रह गरेको छ ।

पत्रमा पार्टीको विधानअनुसार साधारण सदस्य तथा अध्यक्षबाट निष्कासन गरिसकेकाले संसदीय दलको नेताका रूपमा रहन नसक्ने भन्दै सम्बन्धित सबैको ध्यानाकर्षण गराइएको छ । पार्टीको निर्णयसम्बन्धी पत्र दर्ता गराएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता देव गुरुङले संसदीय दलका नेताको सवाल भएकाले उनिहरुलाई साधारण सदस्य र अध्यक्षबाट हटाएकोबारे संसद् सचिवालयलाई लिखित जानकारी गराइएको बताए ।

प्रतिक्रिया