शुक्रबार, वैशाख १४, २०८१

कोपा डेल रे फुटबलको उपाधिका लागि बार्सा र एथ्लेटिक भिड्ने

नेपालखोज २०७७ फागुन २१ गते ८:५१

काठमाडौं– स्पेनिस कोपा डेल रे फुटबलको उपाधिका लागि बार्सिलोना र एथ्लेटिक क्बलले प्रतिस्पर्धा गर्ने भएका छन्। बिहीबार राति भएको खेलमा एथ्लेटिक क्लबले लेभान्टेलाई पराजित गर्दै फाइनलमा उपाधिका लागि बार्सिलोनासँगको भेट पक्का गरेको हो।


कोपा डेल रे फुटबलको सेमिफाइनल अन्तर्गत दोस्रो लेगमा लेभान्टेलाई उसैको मैदानमा २–१ ले पराजित गरेको हो। यसअघि पहिलो लेगमा भने एथ्लेटिक क्लब र लेभान्टेले १–१ गोलको बराबरी खेलेका थिए। समग्रमा ३–२ ले जित निकाल्दै एथ्लेटिक क्बल फाइनलमा पुगेको हो।


दोस्रो लेगमा एथ्लेटिक क्लबका लागि राउल गार्सिया र एलेजान्ड्रो रेमिरोले गोल गरे। लेभान्टेका लागि रोजर मार्टीले गोल फर्काए। खेलको १७ औं मिनेटमा रोजर मार्टीले गोल गर्दै लेभान्टेलाई अग्रता दिलाए। तर ३० औं मिनेटमा गार्सियाले गोल गर्दै एथ्लेटिक क्लबलाई १–१ गोलको बराबरी दिलाए।


निर्धारित समय १–१ गोलको बराबरीमा सकियो। त्यसपछि थप गरिएको ३० मिनेटको समयमा लेभान्टेलाई पराजित गर्दै एथ्लेटिको क्लबले जित निकालेको हो। खेलको ११२ औं मिनेटमा रेमिरोले गोल गर्दै एथ्लेटिक क्लबलाई २–१ को जित दिलाए। अब उपाधिका लागि बार्सिलोनासँग एथ्लेटिक क्लबले अप्रिलमा प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया