शुक्रबार, वैशाख १४, २०८१

आज कांग्रेस संसदीय दलको बैठक बस्दै

नेपालखोज २०७७ फागुन २१ गते ११:३१

काठमाडौं । आज (शुक्रवार) नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ । दिउसो १ बजे संघीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।

कांग्रेसले सांसदहरुको धारणा लिन आज (शुक्रवार) संसदीय दलको बैठक बोलाएको हो ।

बिहिवार कांग्रेस पदाधिकारी बैठकमा राजनीतिक निकासका लागि कांग्रेसमा तीन विकल्पमा छलफल भइरहेको थियो । कांग्रेसले नेकपाको कुनै पक्षसँग मिलेर सरकार बनाउने, राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने वा प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार हुनुपर्ने विषयलाई विकल्पमा रुपमा अगाडि सारेको छ । संसदीय दलको बैठकमा पनि यी तीन विकल्पमा छलफल हुने बुझिएको छ । संसदीय दलका नेता देउवाले वर्तमान वस्तुस्थितिबारे ब्रिफिङ गर्ने छन् ।

बिहिवार बसेको पदाधिकारी बैठकले निकासका विभिन्न पक्षमा छलफल गरेपनि साझा धारणा बनाउन सकेको छैन ।

कांग्रेस भित्र पुर्नस्थापित प्रतिनिधिसभालाई कसरी उपयोग गर्ने भन्ने विषयमा पार्टी सभापति देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच फरक फरक मत रहदै आएको छ ।

सभापति, महामन्त्री लगायतका पदाधिकारीहरु कांग्रेस पक्ष निर्णायक हुने गरि परिर्वर्तित अवस्थाको उपयोग गर्ने पक्षमा छ भने रामचन्द्र पौडेल पक्ष सत्तारुढ नेकपाको ओली पक्ष बाहेकको शक्तिसंग मिलेर राजनैतिक निकास दिनुपर्ने भन्नेमा देखिएको छ ।

प्रतिक्रिया