बिहीबार, वैशाख १३, २०८१

शौन्दर्य प्रसाधन “द स्किन ए” को सफ्ट लन्च

नेपालखोज २०७७ फागुन २१ गते १५:५१

काठमाडौं । स्वदेशी उत्पादन “द स्किन ए” सौन्दर्य प्रसाधन एक कार्यक्रमकाबिच बिराटनगरबाट सुरु गरिएको छ । सुरु भयो नेपाली सौन्दर्य प्रशाधनको युग भन्ने नाराको साथ “द स्किन एड“को सफ्ट लन्च बिराटनगर बाट सुरु गरिएको हो ।

मानव सौन्दर्य र स्वास्थ्य प्रति प्रतिकुल प्रभाब परिरहेको अबस्थालाई मध्यनजर गर्दै फाईटो म्याक्स केयर प्रालिले हालसालै बजारमा ल्याएको हो । ब्युटी प्रोडक्ट उच्च हिमाली क्षेत्रका बनस्पति जन्य कच्चा पदार्थको समिश्रण गरि जीएमपी स्टाण्डर्ड आइएसओ ९००१ः २०१५ मापदण्डमा आधारित रहेर अन्तराष्ट्रिय स्तरमा सौन्दर्य उत्पादन “द स्किन ए” नेपाली बजार र विश्व बजारमा पुर्याउने उदेश्यले बजारीकरण सुरु गरिएको छ । यस उत्पादनलाई बजारीकरण गर्नको लागि ओम शान्ति ब्युटी क्लिनिक एण्ड ट्रेनिङ इन्सिच्युट संगको सहकार्यमा सुरु गरिएको छ ।

“द स्किन ए” ब्राण्डका उत्पादनहरु फाईटो म्याक्स केयर प्रालि नेपाल र रिसर्च इन्सिच्युट अफ बायो मेडिकल कन्भर्जेन्स साइन्स डिगो क्याथोलिक युनिभर्सिटि रिपब्लिक अफ कोरिया साझा खोज तथा अनुसन्धान बाट सहकार्यमा नेपाल को भरतपुर –१६ चितवनमा रहेको जीएमपी स्टाण्डर्ड म्यनुफ्याक्चारीङ प्लानेट बाट उत्पादन गरिदै आएको छ । हरेक उत्पादन प्याराबेन फ्री, सल्फेक्ट फ्री, फोस्फेट फ्री र सिलिकन फ्री छ ।

कार्यक्रमको अध्यक्षता बरिष्ठ सौन्दर्यबिद मेनुका सिवाकोटीले गरेकी थिइन् । कार्यक्रममा सौन्दर्यकर्मीहरु चन्द्रकला राइ, ममता प्रधान, शिलु श्रेष्ठ, जुली प्याकुरेल, ललिता धिमाल, भगवती थापा, र सायादा तबसुमको उपस्थिति रहेको थियो । उक्त अबसरमा बरिष्ट सौन्दर्यबिद मेनुका सिवाकोटीले “द स्किन एड” को बारेमा जानकारी गराउंदै सौन्दर्य प्रसाधन प्रयोग गर्ने बिधि समेत बताएकी थिइन् ।

प्रतिक्रिया