शुक्रबार, चैत १६, २०८०

प्रचण्ड संसदीय दलको नेता चयन

नेपालखोज २०७७ फागुन २१ गते १६:०५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल नेपाल समूहले संसदीय दलको नेता चयन गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको नेता चयन भएका हुन् ।

दलको नेता छान्न ज्येष्ठ सदस्य एवं वरिष्ठ नेता झलनाथ खनालको अध्यक्षतामा शुक्रबार संसदीय दलको बैठक बसेको थियो ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गरेपछि प्रचण्ड–नेपाल समूहले अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको थियो । संसद् पुनर्स्थापना भएपछि सो समूहले विधिवत् रूपमा दलको नेता छानेको हो ।

प्रतिक्रिया