शनिबार, वैशाख १५, २०८१

काठमाडौं मेयर-११ को कप्तानी सन्दीपले गर्ने

नेपालखोज २०७७ फागुन २१ गते १६:१९

काठमाडौं । राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले काठमाडौं मेयर कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगितामा काठमाडौं मेयर-११ को कप्तानी गर्ने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार आयोजना गरेको कार्यक्रममा सन्दीपले काठमाडौं मेयर-११ को कप्तानी गर्ने जानकारी दिएको हो । पाकिस्तान सुपर लिग (पीएसएल) टी-ट्वान्टी क्रिकेटका लागि पाकिस्तान गएका सन्दीप आज स्वदेश फर्कदै छन् ।

कोरोनाको कारण पीएसएल अनिश्चितकालका लागि स्थगित भएपछि सन्दीप स्वदेश फर्किन लागेका हुन् । टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिता भोलिबाट सुरु हुँदैछ ।

प्रतियोगिताका लागि क्यानले प्रदेश प्रदेश १, प्रदेश २, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडी समेटेर काठमाडौं मेयर-११ को टिम घोषणा यस अघि नै गरिसेकेको छ । जसमा सन्दीप थपिएका छन् ।

काठमाडौं महानगरपालिकाले क्यानसँग मिलेयर आयोजना गरेको प्रतियोगितामा आयोजक टिम सहित प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा पुगेका त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेशले खेल्ने छन् । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिको लागि खेल्ने छन् ।

काठमाडौं मेयर-११ को टिम
सन्दीप लामिछाने, सिद्धान्त लोहनी,विवेक यादव, अर्जुन कुमाल,सौरभ खनाल,बिक्रम भुसाल, अनुज चुनारा,रविन्द्र जंग शाही, नारायण जोशी , हरि शंकर शाह,विपिन खत्री,कृष्ण कार्की,अनिल खरेल,सन्दीप रजाली, विपिन रावल, खडक बहादुर बोहरा

प्रतिक्रिया