मंगलबार, वैशाख ११, २०८१

पोप फ्रान्सिस इराक प्रस्थान

नेपालखोज २०७७ फागुन २१ गते १६:५७

एजेन्सी । इसाई धर्मगुरु पोप फ्रान्सिस इराकका लागि रोमबाट शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् । कोरोनाभाइरसको संक्रमण फैलिएपछि यो उनको पहिलो विदेश भ्रमण हो ।

पोप फ्रान्सिसले इराकमा तीन दिन विभिन्न कार्यक्रममा सहभागी हुनुका साथै इराकी अधिकारीहरु र इस्लाम धर्मगुरुसँग भेटघाट गर्नेछन् ।

उनले खासगरी इराकमा सदियौंदेखि रहेबसेका इराकी इसाई धर्मावलम्बीहरुका दुःख पीडाका बारेमा छलफल गर्ने भ्याटिकनले जनाएको छ ।

पोप फ्रान्सिसले इराकका शिते धर्मगुरु ग्रान्ड आयातोल्लाह अलि सिस्तानीसँग भेटवार्ता गर्ने इराकी अधिकारीहरुले बताएका छन् । इराक भ्रमणका क्रममा पोप फ्रान्सिसलाई कडा सुरक्षा प्रबन्ध गरिएको छ ।

प्रतिक्रिया