बुधबार, वैशाख १२, २०८१

ओली समूहको नेकपा संसदीय दलको बैठक आज

नेपालखोज २०७७ फागुन २२ गते ७:४१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्त्वको नेकपाको संसदीय दलको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री ओली समूहका सांसदको बैठक बालुवाटारमा बस्ने छ ।

प्रधानमन्त्री ओलीले नेकपा उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई आज बस्ने आफ्नो समूहको संसदीय दलको बैठकमा आउन आग्रह गरेका छन् । शुक्रबार साँझ भैसेपाटीस्थित गौतम निवास पुगेर प्रधानमन्त्री ओलीले आज बस्ने संसदीय दलको बैठकमा आउन आग्रह गरेका हुन् ।

शुक्रबार प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठक राखेर पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको थियो । उक्त समूहले आफ्ना पक्षमा १११ सांसद रहेको दाबी गरेको छ । दुबै समूहले ससंदीय दलमा आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्दै आएको छ ।

प्रतिक्रिया