छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

सुनसरी । एम्बुलेन्सको ठक्करबाट सुनसरी दुहबी नगरपालिका–८ की ६५ वर्षीया जगवती चौधरीको मृत्यु भएको छ ।
सोनापुर चोकस्थित कोसी राजमार्गमा बाटो काट्दै गरेकी चौधरीलाई मंगलबार साँझ ६ बजे प्रदेश १–०२–००२च३८४८ नम्बरको एम्बुलेन्सले ठक्कर दिएको थियो ।
गम्भीर घाइते भएकी उनको शुक्रबार राति १२ बजे नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
एम्बुलेन्स र चालक पाँचथर तुम्बेवा बस्ने चन्द्र राई नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।
यस्तै मोरङमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार साँझ ६ बजे कटहरी–७ तकिया चोक स्थितमा प्र१–०२–०४३प२०७८ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालक २५ वर्षीय धिरज माझीको मृत्यु भएको हो ।
चालक माझीको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यसैगरी कञ्चनपुरमा मोटरसाइकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कृष्णपुर नगरपालिका–३ का ५८ वर्षीय लालबहादुर चौधरी रहेका छन् ।
उनलाई शुक्रबार साँझ कञ्चनपुरको कृष्णपुरदेखि अत्तरियातर्फ जाँदै गरेको से७प १४०२ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका चौधरीको शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमर थापा क्षेत्रीले जानकारी दिए ।
ठक्कर दिने मोटरसाइकल चालक धनगढी उप–महानगरपालिका–३ का मदन रानालाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।

प्रतिक्रिया