मन्त्री निवासमा विप्लव र गृहमन्त्रीबीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले गृहमन्त्री रामबहादुर थापासँग भेटवार्ता गरेका छन् । महासचिव विप्लवले शनिबार बिहान पुल्चोकस्थिति मन्त्रीनिवास पुगेर गृहमन्त्री थापासँग भेटवार्ता गरेको स्रोतले बतायो ।
भेटमा सरकार र नेकपाबीच भएको तीनबुँदे सहमतिको कार्यान्वयनका विषयमा र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको स्रोतले बतायो ।
‘आज बिहान महासचिव विप्लवले मन्त्रीक्वार्टर पुगेर गृहमन्त्री थापासँग भेटवार्ता गर्नुभएको हो’, स्रोतले भन्यो, ‘उहाँहरुबीच तीन बुँदे सहमति र विशेष गरेर पक्राउ परेका नेताहरुको रिहाइका विषयमा कुराकानी भयो ।’
सरकारले नेकपालाई प्रतिबन्ध लगाएपछि भूमिगत बनेका महासचिव विप्लव बिहीबार सरकार र नेकपाबीच तीनबुँदे सहमति भएपछि शुक्रबार सार्वजनिक भएका हुन् । शुक्रबार विप्लवले प्रधानमन्त्री ओलीसँगै राष्ट्रिय सभामा आयोजित सहमतिमा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
प्रतिक्रिया