शुक्रबार, चैत १६, २०८०

आइतबार जन्मिएका व्यक्तिहरुको स्वभाव र भाग्य

नेपालखोज २०७७ फागुन २३ गते ५:००

मानिसको कर्म भाग्य र स्वभाव जन्मबारले पनि निर्धारण गर्छ । यद्यपि जन्मबारले मात्र समग्र स्वभाव र भाग्य बताउन सकिँदैन । यसको लागि समग्र कुण्डलीको विश्लेषणको आवश्यकता पर्दछ । ज्योतिषशास्त्रका अनुसार मानिसको साल,महिना,गते,जन्म समय,तिथी,बार,योग,करण र जन्म स्थान अनुसार उसको ग्रह दशा, भविष्यको निर्धारण हुने हुन्छ ।

आज हामी आइतबार जन्मने व्यक्तिको सामान्य स्वभाव र भाग्यको चर्चा गर्न गइरहेका छौं । आइतबार जन्मिएको मानिसको स्वभाव अन्य व्यक्तिको तुलनामा अत्यन्तै सहयोगी रहन्छ । यिनीहरु परापकारीसमेत हुनछन् । यिनीहरु गल्ती गर्नेलाई यिनीहरु माफी सजिलैसँग दिँदैनन् । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका पूर्वक सम्पादन गर्दछन् । यिनीहरु गलत मनसाय लिएर काम गर्दैनन् । यी गलत कुराहरु सहन नसक्ने भएका कारण थोरै छिटो रिस पोख्छन् तर यिनको रिसमा पनि एक किसिमको माया मिसिएको हुन्छ ।

यिनीहरुलाई विलासिताको जीवन बाँच्न मन पर्छ । यी व्यक्तिहरुमा सकारात्मक सोच हुन्छ । यी तेजस्वी हुन्छन् । यिनलाई अरुले गरेको नेतृत्व मन पर्दैन । यिनमा निर्णय लिने क्षमता ज्यादै तेज हुन्छ । यिनीहरु प्रगतीको भोका हुन्छन् । यिनलाई हरेक चीजको परिणाम छिटो चाहिन्छ । यिनीहरु निकै विश्वासनीय पनि हुन्छन् । राजनीति, लेखन, टेलिभिजन यिनको आकर्षणमा रहन्छ ।

वकालत र न्यायालयको क्षेत्रमा पनि यिनको स्वाभाविक झुकाव रहन्छ । यिनीहरु मनमा लागेको कुरा हाकाहाकी भन्छन् । यिनीहरुको चिन्तन शक्ति धेरै हुन्छ । यिनीहरु इमान्दार हुनुका साथै साँचो बोल्ने गर्दछन् । आफ्नो काम गम्भीरताका साथ सम्पादन गर्ने यिनीहरुमा विशेष खाले खुुबी हुन्छ । यिनलाई आफू हारेको मन पर्दैन । जीवनमा देखी बुझी जानेको कुराबाट यिनले अपत्यारिलो पाठ समेत सिक्छन् । छिटो सफलता चाँहदा यिनीहरु कहिलेकाँहि दुर्घटनामा पनि परेको प्रशस्त देख्न सकिन्छ ।

प्रतिक्रिया