बिहीबार, वैशाख १३, २०८१

लेवान्डेस्कीले बोरिसियासँगको खेलमा गरे ह्याट्रिक

नेपालखोज २०७७ फागुन २३ गते ७:५०


एजेन्सी जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखका खेलाडी लेवान्डेस्कीले बोरिसियासँग भएको खेलमा ह्याट्रिक गरेका छन् ।

शनिबार राति भएको खेलमा बायर्नले बोरुसिया डर्टमण्डलाई ४-२ गोलले हराएको छ ।

घरेलु मैदानमा रोबर्टो लेवान्डोस्कीले ह्याट्रिक गर्दै बायर्नलाई शानदार जित दिलाए ।

खेलको दोस्रो मिनेटमा अर्लिङ हालाण्डले गोल गर्दै डर्टमण्डलाई १-० को अग्रता दिलाए । नवौं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गरेपछि डर्टमण्डले २-० को अग्रता बनायो ।

२६औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई २(१ को स्थितिमा ल्याए । ४४औँ मिनेटमा लेवान्डोस्कीले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गरेपछि खेल २-२ को बराबरीमा पुग्यो ।

८८औँ मिनेटमा लियोन गोर्टेज्काले गोल गर्दै बायर्नलाई ३-२ को अग्रता दिलाए । ९० औँ मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक गर्दै बायर्नलाई ४-२ को जित दिलाए ।

प्रतिक्रिया