शुक्रबार, चैत १६, २०८०

अमेरिकाले बाँड्ने भनिएको १९ खर्ब डलरको कोरोना राहत प्याकेज संसद्‌बाट पारित

नेपालखोज २०७७ फागुन २३ गते ८:३२


एजेन्सी । संयुक्त राज्य अमेरिकाको माथिल्लो सदन सिनेटले राष्ट्रपति जो बाइडेनको १९ खर्ब डलरको कोरोना राहत प्याकेजलाई पारित गरेको छ ।


उक्त प्याकेजलाई शुक्रबार र शनिबार भएको मतदानबाट सिनेटले पारित गरेको हो ।

सो मतदान प्याकेजका पक्षमा ५० साथै विपक्षमा ४९ मत परेको थियो ।


सिनेटरहरूले पार्टीको लाइनका आधारमा मत हालेका थिए ।


डेमोक्र्याटिक पार्टीका ५० सिनेटरले पक्षमा भोट हाले भने रिपब्लिकनका ४९ जनाले विपक्षमा मत हालेको थिए ।

१ जना रिपब्लिकन सिनेटर अनुपस्थित थिए ।


मत बराबर भएमा अमेरिकामा उपराष्ट्रपतिले निर्णायक मत हाल्न पाउने व्यवस्था छ ।

प्रतिक्रिया