शुक्रबार, वैशाख ७, २०८१

पीएसजीको जीतमा एमबाप्पेको दुई गोल

नेपालखोज २०७७ फागुन २३ गते ११:३३

काठमाडौं । फ्रेन्च कप फुटबल अन्तर्गत गएराति भएको खेलमा पेरिस सेन्ट जर्मन (पीएसजी)ले ब्रेस्टलाई पराजित गरेको छ । पीएसजीले ब्रेस्टलाई ३-० गोल अन्तरले पराजितगर्दै अन्तिम १६ मा प्रवेश गरेको गरेको छ ।

पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुई गोल गरे । पाब्लो साराबियाले एक गोल थपे । खेलको नवौं मिनेटमा एमबाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ४४ औं मिनेटमा साराबियाले गोल गर्दै पीएसजीलाई २-० को अग्रता दिलाए । खेलको ७४ औं मिनेटमा एमबाप्पेले दोस्रो गोल गर्दै पीएसजीलाई ३-० को जित दिलाए ।

प्रतिक्रिया