मंगलबार, जेठ ८, २०८१

प्रदेश २ प्रमुखद्वारा धनगढीमा आगलागी भएको फर्निचर उद्योगको निरीक्षण

नेपालखोज २०७७ फागुन २३ गते १३:०२

कैलाली । प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश अहिराज सुदुरपश्चिम प्रदेश भ्रमणको क्रममा धनगढी उप–महानगरपालिका वडा नम्बर ४ चटकपुरस्थित आगलागी भएकोे फर्निचर उद्योग स्थलमा पुगेका छन् ।

आलोक मल्टी कन्सर्न प्रालिद्वारा सञ्चालनमा ल्याउन थालिएको उद्योग स्थलमा निरीक्षणको लागि डा.अहिराज आइतबार बिहान पुगेका हुन् ।

सो फर्निचर उद्योगमा शनिबार भीषण आगलागी हुँदा ८ करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

डा.अहिराजले युवाहरु मिलेर सञ्चालनमा ल्याउन लागेको फर्निचर उद्योगमा आगलागीको घटना सुनेर आफू स्तब्ध भएको प्रतिक्रिया दिँदै दुःखसमेत व्यक्त गरेका हुन् ।

उनले भने, “बिहान हिंड्दै क्षति भएको ठाउँमा गए, कस्तो मन पोल्यो । युवाहरु मिलेर गर्नु भएको रहेछ । उहाँहरुले धेरैलाई रोजगारी पनि दिनु भएको रहेछ । तर उद्घाटन नहुँदैे आगोले खरानी भयो । मन पोेल्यो ।”

प्रतिक्रिया