मंगलबार, वैशाख ३०, २०८२

१४ औं संस्करणको आइपीएल अप्रिल ९ तारिखबाट

नेपालखोज २०७७ फागुन २३ गते १५:३२

एजेन्सी । इन्डियन प्रिमियर लिगका १४ औं संस्करण आगामी अप्रिल नौ तारिखबाट सुरु हुने भएको छ । भारतका ६ वटा शहरमा हुने प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेञ्जर्स बैंग्लोरविच चेन्नेईमा हुनेछ ।

करिव दुई बर्षपछि भारतमा हुने लागेको आइपीएल यसपटक कोरोना भाइरसका त्रासका कारण ६ वटा शहरमा मात्र गरिने भएको छ । जसमा बैंग्लोर, चेन्नेई, दिल्ली, मुम्बई, कोलकाता र अहमदावादमा खेलाइनेछ ।

प्रतियोगिताको प्लेअफ र फाइनल खेल विश्वको ठूलो क्रिकेट स्टेडियम नरेन्द्र मोदी स्टेडियममा हुनेछ । जुन मे ३० तारिखमा हुनेछ । अहमदावादमा पहिलो पटक आइपीएल हुन लागेको हो ।

लिग चरणका खेलहरु चारवटा स्टेडियममा मात्र हुनेछन । कुल ५६ खेलमा चेन्नेई, मुम्बई, कोलाकाता र बैंग्लोरमा १०–१० खेल हुनेछन । अहमदावाद र दिल्लीले आठ आठ खेलको आयोजना गर्नेछन ।

यसपटको सिजनमा सबै खेलहरु तथष्ट भेन्यूमा खेलाइने भएको छ । कुनैपनि टिमले होम मैदानमा खेल्न पाउने छैनन् । लिग चरणमा सबै टिमले ६ भेन्युमा चार स्थानमा खेल्नेछन ।

डबल हेडरमा ६ टिमले तीन खेल राती खेल्नेछन भने दुई टिमले दुई खेल राती खेल्नेछन । प्रतियोगितामा पहिलो खेल नेपाली समय अनुसार पौने चार बजे र रातीको खेल पौने आठ बजे सुरु हुनेछन ।

गत बर्ष कोरोनाका कारण प्रतियोगिता यूएईमा गरिएको थियो । तर यसपटक प्रतियोगितालाई भारतमा नै सुरक्षित तरिकाले गर्न सकिने बीसीसीआईको भनाई छ । यो बर्ष आइपीएल दर्शकविना खेलाइनेछ, तर अवस्था सुधारीएमा अन्तिम तिर दर्शकलाई मैदानमा प्रवेश गराउन सकिने बीसीसीआईले जनाएको छ ।

प्रतिक्रिया