शनिबार, जेठ ५, २०८१

इलाममा अटो दुर्घटना हुुँदा चालकको मृत्यु

नेपालखोज २०७७ फागुन २३ गते १६:२४

इलाम । इलामको सूर्योदय नगरपालिका–९ पान्दाममा अटो पल्टिँदा चालकको मृत्यु भएको छ ।

आइतबार बिहान पान्दामबाट फिक्कलतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ह ७९०१ नम्बरको अटो अनियन्त्रित भएर पल्टिँदा ४२ वर्षीय चालक सुखमान राईको मृत्यु भएको हो ।

अटाोले थिचेर घाइते भएका चालक राईको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरी चौकी फिक्कलका इञ्चार्ज जालन्धर बरालका अनुसार शवलाई अहिले पोष्टमाटमको लागि प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

प्रतिक्रिया