नेकपा प्रचण्ड-नेपाल समूहद्वारा संसद् बैठक बहिष्कार
नेपालखोज
२०७७ फागुन २३ गते १८:२४

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका सांसदले प्रतिनिधि सभाको बैठक बहिष्कार गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर जारी गरेका अध्यादेश संसदमा पेस हुन नहुने भन्दै प्रचण्ड–नेपाल समूहका सांसदले बैठक बहिष्कार गरेका हुन् ।
सांसद भीम रावलले सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्ने र अध्यादेश ल्याउने कानुनी अधिकार गुमाएकाले राष्ट्रपतिबाट आएको पत्र पढेर सुनाउन नमिल्ने बताएका थिए ।
तर सभामुख अग्निप्रसाद सापकोटाले पत्र पढेर सुनाउन लागेपछि प्रचण्ड–नेपाल पक्षका सांसदले बैठक बहिष्कार गरेर बाहिरिएका हुन् ।
सम्बन्धित

प्रतिक्रिया