‘बी’ डिभिजन लिगमा श्रीकुमारी र बाँसबारी विजयी
नेपालखोज
२०७७ फागुन २३ गते १९:५३

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आइतवार भएका खेलमा श्रीकुमारी र बाँसबारी विजयी भएका छन् ।
ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको पहिलो खेलमा श्रीकुमारी क्लबले नयाँ बस्ती युवा क्लबलाई चार–तीनले हराएको हो । जितसँगै श्रीकुमारीले १० खेलमा ११ अङ्क जोडेको छ । नयाँबस्तीको १० खेलमा १२ अङ्क छ ।
यस्तै एन्फा मैदानमा भएको दोस्रो खेलमा बाँसबारी क्लबले झम्सिखेल युथ क्लबलाई चार–शून्यले हराएको छ । जितसँगै बाँसबारीले १० खेलमा २१ अङ्क जोडेको छ । झम्सिखेलको १० खेलमा ६ अङ्क छ ।
सम्बन्धित
प्रतिक्रिया