बिहीबार, चैत १५, २०८०

सिटीको अपराजित यात्रामा विराम

नेपालखोज २०७७ फागुन २४ गते ८:२३

काठमाडौं – इंग्लिस प्रिमियर लिग (ईपीएल) को लिगलिडर म्यानचेस्टर सिटीको अपराजित यात्रामा विराम लागेको छ। आइतबार राति सम्पन्न म्यानचेस्टर डर्बीमा सिटीलाई घरेलु मैदानमै म्यानचेस्टर युनाइटेडले हराएको हो।

लगातार २१ खेलको अपराजित यात्रा गरेको सिटीलाई उसकै मैदानमा हराए पनि घरेलु टिमलाई उपाधिबाट टाढा राख्न गाह्रो रहेको युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले बताएका छन्। यता गएरातिको खेलमा हार बेहोरे पनि लिगलिडर सिटी दोस्रो स्थानको युनाइटेडभन्दा स्पष्ट ११ अंक अघि छ।

प्रतिक्रिया