बिहीबार, जेठ ३, २०८१

नेपालको अर्थतन्त्र ध्वस्त हुँदैछ भनेर गलत प्रचार भयो : नेपाल उद्योग परिसंघ

नेपालखोज २०७९ वैशाख ६ गते १९:१८

काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालको अर्थतन्त्र संकटपूर्ण अवस्थामा नरहेको बताएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै परिसंघले मुलुकको वर्तमान अर्थतन्त्र कुनै पनि सूचकहरुमा संकटपूर्ण अवस्थामा नरहेको बताएको छ ।

परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले उपलब्ध तथ्यांक र विगतको परिदृष्यको विश्लेषण गर्दा अर्थतन्त्र संकटको अवस्थामा नभएको दाबी गरे । उनले पछिल्लो समय मुलुकको अर्थतन्त्र संकटमा रहेको भन्दै प्रचार भए पनि तत्काल कोही पनि प्यानिक हुनुपर्ने अवस्था नभएको बताउनु भयो । अध्यक्ष अग्रवालले अर्थतन्त्र संकटको अवस्थामा नभएता पनि चनाखो भएर भने हिँड्नु पर्ने अवस्था रहेको उल्लेख गरे । नेपालका उद्योगी व्यवसायीहरुले आर्थिक संकट, कर्जा नपाएको अवस्था, आयातमा समस्या, कर्जाको माग पूर्ति गर्न सक्ने स्रोत नभएता पनि मुलुकको अर्थिक संकटको अवस्था नभएको अग्रवालले बताए ।

अध्यक्ष अग्रवालले अर्थतन्त्र खुम्चिने क्रममा रहेनपनि अर्थतन्त्रको यथार्थ स्थितिले सजग रहनु पर्ने संकेत गरेको बताए । उनले नेपाल र श्रीलंकाको अर्थतन्त्रसँग तुलना गर्न नमिल्ने बताए । अध्यक्ष अग्रवालले श्रीलंकाको भन्दा नेपालको जीडीपीको आकार दोब्बर, जीडीपीको तुलनामा राष्ट्रिय ऋणमा ठूलो अन्तर रहेकाले असहज र अत्यासलाग्दो वातावरण सिर्जना गर्ने गरी तुलना गर्नु नहुने बताए ।

अग्रवालले नेपालको अर्थतन्त्र ध्वस्त हुँदैछ भनेर गलत प्रचार भइरहेको समेत बताए । उनले भने, ‘मुलुकको वर्तमान अर्थतन्त्र कुनै पनि सूचकहरुमा संकटपूर्ण अवस्थामा नरहेको छैन । उपलब्ध तथ्यांक र विगतको परिदृष्यको विश्लेषण गर्दा अर्थतन्त्र संकटको अवस्थामा पनि छैन । तत्काल कोही पनि प्यानिक हुनुपर्ने अवस्था छैन । अर्थतन्त्र संकटको अवस्थामा नभएता पनि चनाखो भएर भने हिंड्नु पर्ने अवस्था रहेको छ । नेपालका उद्योगी व्यवसायीहरुले आर्थिक संकट, कर्जा नपाएको अवस्था, आयातमा समस्या, कर्जाको माग पूर्ति गर्न सक्ने स्रोत नभएता पनि मुलुकको अर्थिक संकटको अवस्था नभएको छैन । अर्थतन्त्र खुम्चिने क्रममा रहेनपनि अर्थतन्त्रको यथार्थ स्थितिले सजग रहनु पर्ने संकेत छ । नेपाल र श्रीलंकाको अर्थतन्त्रसँग तुलना गर्न नमिल्दैन । श्रीलंकाको भन्दा नेपालको जीडीपीको आकार दोब्बर , जीडीपीको तुलनामा राष्ट्रिय ऋणमा ठूलो अन्तर छ । नेपालको विदेशी मुद्रा सञ्चिति साढे ६ महिनाको आयात धान्न पर्याप्त तर श्रीलंकको १ महिनाका लागि पनि नभएको तथा मुद्रास्फीति नेपालमा ७ र श्रीलंकामा २५ प्रतिशत रहेको तथ्य प्रस्तुत गर्दै नेपाल र श्रीलंकासँग तुलनै गर्न मिल्दैन । यसरी कसैले पनि असहज र अत्यासलाग्दो वातावरण सिर्जना गर्ने गरी तुलना गर्नु हुँदैन । नेपालको अर्थतन्त्र ध्वस्त हुँदैछ भनेर गलत प्रचार भइरहेको छ ।’

अध्यक्ष अग्रवालले भुक्तानी सन्तुलन नोक्सानमा जाँदा नेपालको अर्थतन्त्रमा केही समस्या भने देखिएको बताए । उनले नेपालमा मुद्रास्फीति उच्च दरमा नपुगेको, बेरोजगारीको समस्या एकै पटक नदेखिएको, बजारमा माग बढिरहेको, समाजिक समस्या नदेखिएकाले अर्थतन्त्रमा संकट नदेखिएको बताए । अग्रवालले परिसंघले बारम्बार सरकारसँग अर्थतन्त्र थपिएका चुनौती समाधान गर्न आग्रह गर्दै आएको बताए । उनले नेपालमा विदेशी मुद्राको सञ्चिति बढाउन विदेशी नगारिकलाई नेपालमा अपार्टेमेण्ट खरिद गर्न दिनुपर्ने माग गरे ।

अध्यक्ष अग्रवालले नेपालका कम्पनीमा लगानी गर्ने खोज्ने विदेशी नागरिकलाई लगानी गर्न, एनआरएनलाई आइपीओ लगानी गर्न र रेमिट्यान्सलाई औपचारिक माध्यमबाट ल्याउन सहुलियत दिनुपर्ने सरकारलाई सुझाव दिए । उनले भने,‘ हाम्रो अर्थतन्त्र समस्याग्रस्त अवस्थामा पुगिसकेको छैन तर जसरी उच्चदरमा आयात बढेको छ त्यसले अर्थतन्त्रमा समस्या भने देखिएको छ। त्यसैले हामीले उपचार गर्नुपर्नेछ । हाम्रो अर्थतन्त्रमा समस्या देखिन थालेपछि नेपाल राष्ट्र बैंकले विभिन्न कदम चालिसकेको छ । अझै पनि हामीले विभिन्न कदम चाल्नु पर्ने अवस्था पनि छ। त्यसका लागि हामीले सरकारसँग आग्रह पनि गरेका छौं । नेपालमा विदेशी मुद्राको सञ्चिति बढाउने विदेशी नगारिकलाई नेपालमा अपार्टेमेण्ट खरिद गर्न दिनुपर्ने, नेपाल कम्पनीमा लगानी गर्ने खोज्ने विदेशी नागरिकलाई लगानी गर्न दिनुपर्ने, एनआरएनलाई आइपीओमा लगानी गर्न दिनुपर्ने, रेमिट्यान्सलाई औपचारिक माध्यमबाट ल्याउन सहुलियत दिनुपर्छ ।’

परिसंघका उपाध्यक्ष अनुज अग्रवालले नेपालको अर्थतन्त्र श्रीलंकाको अवस्थामा नपुग्ने दाबी गरे । उनले नेपालको अर्थतन्त्र श्रीलंका हुन लागेको भनेर अनावश्यक हल्ला गरिएको जिकिर गरे । उनले भने, ‘यहाँ नेपालको अर्थतन्त्र श्रीलंका हुने लागेको अनावश्यक हल्ला गरिएको छ । हाम्रो र श्रीलंकाको अर्थतन्त्रलाई तुलना गर्नै मिल्दैन । त्यसैले हामी चिन्तित हुनुपर्ने अवस्था छैन ।’

पत्रकार सम्मेलनमा परिसंघले विदेशी नागरिकलाई नेपाली पुँजी बजारमा सेयर किन्न दिनुपर्ने बताएको छ । संघले कम्तीमा ३ बर्षको सिमा तोकेर विदेशीलाई डलरमा सेयर किन्न दिनुपर्ने बताए । त्यसरी सेयर किन्नेहरुलाई ऋण पत्र खरिद अनिवार्य गर्नु पर्ने धारणा संघले अघि सारेको छ । रेमिटेन्स पठाउनेहरुलाई छुट्टै परिचय पत्र बनाएर सरकारी सेवामा अग्राधिकार दिनुपर्ने माग गरेको छ ।

प्रतिक्रिया