शुक्रबार, जेठ ४, २०८१

गर्मीमा दही सेवनका फाइदै फाइदा

नेपालखोज २०७७ फागुन २४ गते ९:११

गर्मी मौसमा शरीरबाट अत्यधिक पसिना आउने भएकोले पानीको मात्र पुरा गर्न तरल पर्दाथ पिउनु लाभदायक हुन्छ । गर्मीमा चिसो दही खाँदा शरीरमा शितलता प्राप्त हुनुका साथै स्वास्थ्यमा समेत धेरै फाईदा पुग्दछ । दही खानुको फाइदाहरु यस्तो छ जान्नुहोस्:

– पेटसम्बन्धी समस्या हुनेलाई दहीको सेवन अत्यन्त उपयोगी मानिन्छ ।
– अरुचीको समस्या भएकालाई दहीको सेवन गरेमा भोक लाग्न थाल्दछ ।
– आन्द्रा तथा पेट सम्बन्धि रोगहरुमा दहीको नियमित सेवनले फाइदा पुर्याउँछ ।
– दहीको सेवनले मुटुको रोग, उच्च रक्तचाप लगायतका रोग नियन्त्रयामा सघाउ पुर्याउँछ ।
– दहीको नियमित सेवनले कोलस्ट्रोल स्तर बढ्नबाट रोक्दछ ।
– मुटुको धड्कन बढ्ने समस्यामा पनि दहीको सेवन लाभदायी हुन्छ ।
– दहीको सेवनले हड्डीहरुको विकासमा सहयोग पुर्याउँछ ।
– दाँत, नङ बलियो पार्न पनि दहीको सेवन उपयोगी हुन्छ ।
– अनिन्द्राका समस्या भएकाहरुले दैनिक एक कचौरा दही खाएमा राम्रो निन्द्रा पर्न थाल्दछ ।
– दैनिक दही खाँदा पाचन प्रक्रिया राम्रो बनाउन सहयोग पुर्याउँछ ।

तर ख्याल गर्नुस् कहिले पनि खाली पेटमा भुलेर पनि दहीको सेवन नगर्नुस् । दहीमा पाइने प्रोबायोटिक ब्याक्टेरियाले खाली पेटको एसिडको स्तरलाई बढाउने हुनाले पेट पोल्ने समस्या उत्पन्न हुन्छ ।

प्रतिक्रिया