बिहीबार, वैशाख २०, २०८१

सानिमा बैंकका ग्राहकलाई दराजको महाबचत बजारमा विशेष छुट

नेपालखोज २०७८ साउन १ गते १७:२२

काठमाडौं । सानिमा बैंकले अनलाइन सपिङ पोर्टल दराज केयमूसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको छ ।

दराजको महाबचत बजार योजना अन्तर्गत सानिमा बैंकका ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम् १५ सय रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् भने क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिशत वा अधिकतम् दुई हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यो योजना २०७८ साउन तीन देखि २०७८ साउन ७ गतेसम्म लागू हुनेछ । उक्त समझदारीपत्रमा सानिमा बैंकको तर्फबाट डिजिटल बैंकिङ विभागका प्रमुख विक्रम श्रेष्ठ र दराज केयमू प्रा. लि. को तर्फबाट डिजिटल पेमेन्ट पाटनरसिप म्यानेजर अरुण फुँयालले हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया