नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा बस्दै

नेपालखोज २०७७ फागुन २४ गते १०:०२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले सोमबार स्थायी कमिटी बैठक बोलाएको छ ।

सर्वोच्च अदालतले नेकपाको नामलाई लिएर भएको विवादमा फैसला गर्दै एकतापछि बनेको नेकपाको आधिकारिता नै खारेज गरेपछिको अवस्थाबारे छलफल गर्न प्रचण्ड–नेपाल समूहले सोमबार बिहान ११ बजे पेरिसडाँडामा बैठक बोलाएको हो ।

सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएको अवस्थामा भावी रणनीतिबारे छलफल गर्न बैठक बोलाइएको प्रचण्ड–नेपाल नेकपाले जनाएको छ ।

समूहले फैसलापछिको अवस्थाबारे कानून व्यवसायीसँग आइतबार छलफल गरेको थियो ।

प्रतिक्रिया