सोमबार, वैशाख २९, २०८२

सरकारले संघीय शिक्षा ऐन ल्याउने तयारी गरिहेको छ : शिक्षामन्त्री श्रेष्ठ

नेपालखोज २०७७ फागुन २४ गते १६:४४

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले संघीय शिक्षा ऐन ल्याउने तयारी थालेको बताएका छन् । बि सं २०२८ सालको शिक्षा ऐनले शिक्षा क्षेत्रमा देखिएको सबै विषय समेट्न नसकेको उल्लेख गर्दै सबै विषय समेट्नेगरी संघीय शिक्षा ऐनको तयारी भैरहेको बताए ।

उनले जनताका छोराछोरीलाई सरकारी विद्यालयमा पढ्ने वातावरण सिर्जना गर्न गुणस्तरीय शिक्षा आवश्यक रहेको उल्लेख गर्दै त्यसको लागि सरकारी विद्यालयको सुधार आवश्यक रहेको बताए ।
चन्द्रागिरी नगरपालिका–१५ नैकापमा निर्माण हुन लागेको विष्णुदेवी माविको मन्त्री श्रेष्ठ र भारतीय दुतावासका काउन्सिलर प्रफुल्लचन्द्र शर्माले संयुक्त रुपमा गरेका हुुन । सो क्रममा मन्त्री श्रेष्ठले सरकारको पहिलो प्राथमिकता गुणस्तरीय शिक्षा नै भएको स्पष्ट पारे । २०७२ सालको भुकम्बाट ध्वस्त र क्षतिग्रस्त विद्यालय पुन निर्माणमा भारत सरकारको सहयोग महत्वपुर्ण रहेको चर्चा गर्दै भने, यसले गर्दा दुई देशबीचको सम्बन्ध मजबुत भएको छ ।

उनले भने, भारतले करिब ७० विद्यालय पुननिर्माण गरिरहेका छन् २८ आंगिक क्याम्पस बनाउने तयारी गरेको छ यसको लागि नेपाल सरकारको तर्फबाट आभार व्यक्त गर्दछु । सो अवसरमा उनले शिक्षकको पद र पेशालाई सम्मान गर्ने दायीत्व सरकारको भएको बताएकाछन । उनले अभिभावकले विदेशमा सरकारी व्द्यिालयलाई पहिलो प्राथमिकता दिने गरेको उल्लेख गर्दैअब नेपालमा पनि सरकारी विद्यालयलाई व्यवस्थित बनाउनुपर्ने उल्लेख गरे ।

कार्यक्रममा बोल्दै काउन्सिलर शर्माले नेपालको बिद्यालय पुननिर्माणमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै यस क्षेत्रमा निरन्तर सहयोग रहने बचनबद्धता व्यक्त गरे । उनले भने, नेपाल र भारत बीचको सम्बन्धलाई थप मजबुत बनाउन यस किसिमको सहयोग निरन्तर रहनेछ । उनले भारतले व्द्यिालय पुननिर्माण बाहेक सम्पदा पुनः निर्माणमा समेत सहयोग गरेको चर्चा गरे ।

कार्यक्रममा ९ नम्बर प्रदेश सांसद केशव पोखरेल, वडा अध्यक्ष उत्तम राउत, विद्यालयका प्रधान अध्यापक दीवाकर चौधरी , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर सुवेदी लगायतले बोलेका थिए ।

भारत सरकारको करिब साढे छ करोड ४८ लाख रुपैयाँ लागतमा निर्माण शुरु हुने सो विद्यालय भवन ३२ कोठे हुनेछ । ठेकेदार कम्पनीले १५ महिनामा सम्पन्न गर्नुपर्नेछ । मन्त्री श्रेष्ठले १५ नभै १३ महिनामा सम्पन्न गरी हस्तान्तरण गर्न ठेकेदार कम्पनीलाई आग्रह गरे ।

प्रतिक्रिया