शुक्रबार, वैशाख ७, २०८१

नागाबाबालाई मङ्गलबारदेखि शुक्रबारसम्म निर्वस्त्र रहने अनुमति

नेपालखोज २०७७ फागुन २५ गते ७:३५

काठमाडौँँ । महाशिवरात्रि पर्वका लागि पशुपतिमा  नागा  बाबाको  आगमन सुरु भएको छ ।

नागालाई मङ्गलबारदेखि शुक्रबारसम्म निर्वस्त्र रहने अनुमति दिइएको छ । अघोर सम्प्रदायका साधु पनि उत्तिकै सङ्ख्यामा आएका छन् ।

पशुपति गुठी गोश्वाराका पर्वपूजा संयोजक चेतमान गिरीका अनुसार एकादशीदेखि फागुन कृष्ण त्रयोदशीसम्म त्रिदिवसीय रूपमा महाशिवरात्रि मनाउने तयारी भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट  एकादशीको  बिहानै राष्ट्रपति निवासमा महाशिवरात्रिको सङ्कल्प  पूजा  भएपछि  मुलुकका सबै शिवालयमा महाशिवरात्रि पर्व सुरु हुनेछ ।

आजको गोरखापत्र दैनिकबाट

प्रतिक्रिया