शुक्रबार, वैशाख ७, २०८१

सृष्टि उप्रेती भइन् सुपर प्लस साइज मोडल नेपाल

नेपालखोज २०७७ फागुन २५ गते ८:३१

काठमाडौं : सृष्टि उप्रेतीले ‘सुपर प्लस साइज मोडल नेपाल २०२० सिजन–३’को उपाधि जितेकी छन्। राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा उनले उपाधिसँगै विभिन्न गिफ्ट ह्याम्पर पनि पाइन्। प्रतियोगितामा स्मृति अधिकारी ‘फस्ट रनर अप’ बनिन्।

विधागततर्फ सृष्टि उप्रेती ‘मस्ट फोटोजेनिक’, रोजिना राई ‘मोस्ट इन्थुजियास्टिक’, कृष्णा कोइराला ‘मोस्ट स्मार्ट’, प्रेरणा राजवंशी ‘मोस्ट इन्टेलिजेन्ट’, रोजिना राई ‘मोस्ट भ्युअर्स च्वाइस’, सृष्टि उप्रेती ‘मोस्ट चार्मिङ’ र ‘मोस्ट ट्यालेन्ट’, स्मृति अधिकारी ‘मोस्ट कन्फिडेन्ट’, सिर्जना आलेमगर ‘बेस्ट पर्सनालिटी’, कृष्णा कोइराला ‘अडियन्स च्वाइस’ र ‘पब्लिक च्वाइस’ घोषित भए।

प्रतिक्रिया