शुक्रबार, वैशाख ७, २०८१

युवाक हत्यामा संलग्न रहेको आरोपमा एक जना पक्राउ

नेपालखोज २०७७ फागुन २५ गते १०:३१

बारा । बाराको निजगढ नगरपालिका–९ बुद्धचोकमा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रोतहटको चपुरबाट एक जना शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको प्रहरी जनाएको छ । तर, पक्राउ पर्ने व्यक्तिको विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन ।

यद्यपी पक्राउ पर्ने व्यक्ति मृतकको साथी नै भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रले भने, ‘शंकास्पद एकजना व्यक्ति पक्राउ परेका छन्, संलग्नताबारे भेरिफाइ गर्न बाँकी छ ।’

मंगलबार बिहान बाराको निजगढ नगरपालिका–९ बुद्धचोकमा १९ वर्षीय रोहित शर्माको घरभित्रै हत्या भएको छ ।

प्रतिक्रिया