शनिबार, वैशाख ८, २०८१

मित्र बचत तथा ऋण सहकारी संस्थाबाट १५ लाख चोरी

नेपालखोज २०७७ फागुन २५ गते १३:१९

काठमाडौं । मित्र बचत तथा ऋण सहकारी संस्थाबाट नगद १५ लाख रुपैयाँ चोरी भएको छ ।

ईलाका प्रहरी कार्यालय फर्पिङका अनुसार दक्षिणकाली नगरपालिका–१ खहरेस्थित मित्र बचत तथा ऋण सहकारी संस्थाबाट सोमबार साँझ उक्त रकम चोरी भएको हो ।

उक्त संस्थाको कार्यालय गेटको ताल्चा फुटाई दराजमा राखेको उक्त नगद चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले चोरीमा संलग्न व्यक्तिको खोजी गरिरहेको छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया