शुक्रबार, चैत १६, २०८०

उपाध्यक्ष पद पएपछि मिश्र राप्रपामा प्रवेश हुँदै

नेपालखोज २०७९ असोज ११ गते १२:०२

काठमाडौं । विवेकशील साझा पार्टी छाडेका रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्न लागेका छन् । राप्रपाले उनलाई वरिष्ठ उपाध्यक्ष पद दिएपछि उनी राप्रपा प्रवेश गर्न लागेका हुन् । मिश्र बुधबार राप्रपा प्रवेश गर्दैछन् ।

यसअघि विवेकशील साझा पार्टीमा रहेका मिश्र ‘विचार माथि देश’ दस्तावेदका कारण विवादित भएका थिए । मिश्रले गत वैशाखको स्थानीय चुनावपछि विवेकशील साझाको अध्यक्षबाट राजीनामा दिएका थिए ।

बुधबार दिउँसो साढे १२ बजे राजधानीको भृकुटिमण्डपमा राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको वृहत ध्रुवीकरण पक्षधर समूहबीच एकता घोषणा समारोह आयोजना हुने राप्रपा प्रचार विभागले जानकारी दिएको छ। 

प्रतिक्रिया