बिहीबार, वैशाख १३, २०८१

न्वारानदेखिको बल लगाउने अनैतिक हर्कत बिर्सन मिल्दैन : सूर्य थापा

नेपालखोज २०७७ फागुन २५ गते १३:४०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीलाई चार पटकसम्म पार्टी सदस्यताबाट निस्कासित गर्नेलाई अपराधीको संज्ञा दिएका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा प्रेस सल्लाहकार थापाले यस्तो टिप्पणी गरेका हुन् ।

सर्वोेच्च अदालतको फैसलाअनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग–अलग भएर जाने निर्णय गरेका छन् । यो निर्णयअनुसार माधव कुमार नेपाल, झलनाथ खनालहरु नेकपा एमालेमा फर्किएका छन् । उनीहरु एमालेमा फर्किएलगत्तै थापाले यस्तो स्टाटस लेखेका हुन् ।

‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार पटक पार्टी सदस्यताबाट निस्कासित गरेको घोषणा गर्ने अपराधीहरूको मुहार झलझली सम्झना भइरहेको छ। जनताले दुई तिहाइको जनादेश दिएकोमा सरकारलाई घेराबन्दी गरी असफल बनाउन न्वारानदेखिको बल लगाउने यिनको अनैतिक हर्कत बिर्सन मिल्दैन,’ उनले लेखेका छन् ।

प्रतिक्रिया