बिहीबार, वैशाख ६, २०८१

काठमाडौंमा सेनाको प्याराग्लाइडिङ दुर्घटना, तीन जना घाइते

नेपालखोज २०७७ फागुन २५ गते १५:२३

काठमाडौं । काठमाडौंमा सेनाको प्याराग्लाइडिङ दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । सेना दिवसमा सैन्य अभ्यास गर्ने क्रममा प्रदर्शनीमा सेनाको प्याराग्लाइडिङ दुर्घटना भएको हो ।

सैन्य अभ्यासका क्रममा सेनाको प्यारासुट अनियन्त्रित भइ जम्मा १४ जना प्यारासुटबाट झरेकामध्ये ८ जना टूँडिखेल सैनिक मञ्च भित्र र हावाको प्रभावका कारण ६ जना टूँडिखेलभन्दा बाहिर अवतरण गरेका छन् ।

सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार हावाको प्रभावका कारण प्याराग्लाइडिङ अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

घाइते तीन जनाको अवस्था सामान्य रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार सेनानीसहित दुईजना भृकुटीमण्डपको ग्राउण्डमा अवतरण गर्दा उनीहरुलाई सामान्य चोट लागेको छ भने एकजना सह–सेनानी राष्ट्रिय सभागृहको रुखको हांगामा खसेको हातमा हल्का चोट लागेको छ ।

यस्तै अन्य तीनजनामध्ये एकजना सिंहदरबार आसपास, एकजना अनामनगर र एकजना भद्रकालीस्थित आर्मी हेडक्वार्टर नजिकै पेट्रोल पम्प आसपासमा अवतरण गरेका थिए । उनीहरुको अवस्था सामान्य रहेको सैनिक निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया