कांग्रेस र जसपासँग वार्ता गर्ने माओवादी केन्द्रको निर्णय
नेपालखोज
२०७७ फागुन २५ गते १६:०१

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने भएको छ ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।
नेता नारायणकाजी श्रेष्ठका अनुसार बैठकले सरकार, संसद सञ्चालन र संविधान कार्यान्वयनको समग्र प्रक्रियाबारे विपक्षमा भएका दुबै दलसँग छलफल गर्ने निर्णय गरेको हो ।
सर्वोच्च अदालतले नेकपालाई वैधता नदिएर एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि माओवादी केन्द्रको पहिलो स्थायी कमिटी बैठक बसेको हो ।
सम्बन्धित

प्रतिक्रिया