चार वर्षपछि दोस्रोपटक राप्रपाको एकता महाधिवेशन हुँदै

नेपालखोज २०७७ फागुन २६ गते ८:५०

काठमाडौं । राजसंस्थाको पुनर्स्थापना र हिन्दू राष्ट्रको एजेन्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टीले चार वर्षपछि दोस्रोपटक राप्रपाको एकता महाधिवेशन गर्दै छ ।

आगामी २५–२८ वैशाखमा एकताको राष्ट्रिय महाधिवेशन गर्ने राप्रपाले जनाएको छ । चार वर्षअघि कमल थापा नेतृत्वको राप्रपा नेपाल र पशुपतिशमशेर राणा नेतृत्वको राप्रपाको एकता महाधिवेशन भई पार्टी एकीकरण गरिएको थियो ।

अघिल्लो महाधिवेशनपछि फुटेका यी दुई समूहले पुनः एकता गरेका दुई वर्षपछि एकता महाधिवेशन गर्न लागेका हुन्।

राप्रपाले अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा प्रकाशचन्द्र लोहनीको नेतृत्वमा १८८ सदस्यीय मूल आयोजक समिति गठन गरिसकेको छ ।


सो समितिले निर्वाधरुपमा महाधिवेशन गर्ने डा लोहनीले जनाएका छन् ।

प्रतिक्रिया