बिहीबार, असार १२, २०८२

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

नेपालखोज २०७७ फागुन २६ गते ११:१९

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य वृद्धी भएको छ । मंगलबार ८५ हजार ६ सयमा कारोबार भएको सुनको मूल्यमा ६ सयले वृद्धि भएर ८६ हजार दुई सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजाबि सुनको मूल्य ८५ हजार ७ सय ५० मा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको महासंघले जनाएको छ । मंगलबार एक हजार दुई सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा आज १५ रुपैयाँले वृद्धि भई एक हजार दुई सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया