संसदमा एमाले र माओवादी केन्द्र छुट्टाछुट्टै बस्ने
नेपालखोज
२०७७ फागुन २६ गते ११:५६

काठमाडौं । आजदेखि संसद् बैठकमा नेकपा एमाले र माओवादी केन्द्रका सांसद छुट्टाछुट्टै बस्ने भएका छन् । पुनर्स्थापनायता प्रतिनिधि सभाको दोस्रो बैठक आज दिउँसो १ बजे बस्दैछ ।
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेपछि ब्युँतिएका एमाले र माओवादी केन्द्रका सांसदका लागि बुधबार हुने बैठकदेखि अलग-अलग स्थान तय गरिएको हो ।
संसद् सचिवालयका अनुसार फैसलाअनुसार निर्वाचन आयोगले पत्र पठाएपछि संसद् भवनमा दुई पार्टीका लागि छुट्टाछुट्टै लहर व्यवस्था गरिएको हो ।
छुट्टै दल भए पनि माओवादी केन्द्र सत्ता पक्ष नै भएकाले त्यसका सांसदका लागि एमालेका सांसद बस्नेनजिकै अर्को छुट्टै स्थान व्यवस्था गरिएको संसद् सचिवालयले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया