शनिबार, जेठ ४, २०८२

मध्यरातमा नक्कली नोट कारोवारी पक्राउ

नेपालखोज २०७७ फागुन २६ गते १२:४८

काठमाडौं । मंगलबार मध्यरातमा नक्कली नोट कारोवारी पक्राउ परेका छन् । केन्द्रिय प्रहरी समाचार कक्ष नक्सालले दिएको जानकारी अनुसार कृष्णपुर नगरपालिका–९ पिपरीया बस्ने २५ वर्षीय संजय राना पक्राउ परेका हन् । उनको साथबाट एक हजार दरको दुई थान र एक सय दरको दुुई थान नक्कली नोट तथा नक्कली नोट बनाउन प्रयोग हुने विभिन्न सामान पनि बरामत गरिएको प्रहरीले जनाएको छ ।

रानाले नक्कली नोट छाप्ने कार्य गर्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले रानाको खुद्रा पसल जाँच गर्दा उक्त नक्कली नोट फेला पारी पक्राउ गरेको हो । साथै उनको पसलबाट एक थान फलामको कैची, एक हजार दरको नेपाली नोटको साइज नाप्ने फलामको पाताबाट बनेको एक थान साँचो, एक थान गम, एक सय ५० थान फोटोकपी पेपर, एक थान रङ्गिन फोटोकपी मेसिन, एक थान डेस्कटप कम्प्युटर र एक हजार रुपैयाँ सक्कली नेपाली नोट एक थान प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी केन्द्रिय समाचार कक्षले दिएको छ ।

प्रतिक्रिया