संगठनात्मक संरचनाबारे गृहकार्य गर्न माओवादी केन्द्रद्वारा चार सदस्यीय कार्यदल गठन
नेपालखोज
२०७७ फागुन २६ गते १३:२८

काठमाडौं । नेपाल माओवादी केन्द्रले संगठनात्मक संरचनाबारे गृहकार्य गर्न कार्यदल गठन गरेको छ । बुधबार पार्टी पेरिसडाँडामा स्थायी कमिटी बैठकले चार सदस्यीय कार्यदल गठन गरेको हो ।
चार सदस्यीय कार्यदलमा वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र पम्फा भुसाल सदस्य छन् ।
कार्यदलले अहिलेको अवस्था के छ र अब के गर्ने भन्ने विषयमा सुझाव दिने एक नेताले जानकारी दिए ।
त्यस्तै बैठकले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय समेत गरेको छ ।
उपाध्यक्ष नारायणकाजी श्रेष्ठले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय भएको बताए ।
यो पनि
सम्बन्धित
प्रतिक्रिया