माग पूरा भएपछि सरकारका बारे सोचौँला : राजेन्द्र महत्तो
नेपालखोज
२०७७ फागुन २६ गते १४:३४

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद् राजेन्द्र महत्तोले अहिले सरकारमा जाने कुरा नरहेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा महत्तोले अहिले सरकारसँग भइरहेको छलफल आफूहरुका माग पूरा गराउनका लागि भएको बताएका हुन् ।
‘सत्तामा जान होइन, माग पूरा गर्न हो । माग पूरा भएपछि सरकारका बारेमा सोचौँला,’ उनले भने–‘अहिले सरकारको कुरा छैन ।’
साथै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले धोकाधडीबाहेक केही नदिएको गुनासो समेत गरेका छन् ।
सरकारसँग रेशम चौधरी, मधेस–थरुहट आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता र संविधान संशोधनको मागका विषयमा छलफल भइरहेको उनको बताए ।
सम्बन्धित

प्रतिक्रिया