माछापुच्छ्रे बैंकको क्युआर कोड र वी च्याट पे सेवा लुम्बिनीमा

नेपालखोज २०७७ फागुन २६ गते १४:५६

काठमाडौं । लुम्बिनीमा माछापुच्छ्रे बैंकको क्यु.आर कोड र वी च्याट पे सेवा सुरु भएको छ ।

लुम्बिनी भ्रमणमा आउने पर्यटकले प्रदान गर्ने आर्थिक सहयोग तथा मायादेवि मन्दिर प्रवेशमा लाग्ने शुल्क क्युआर कोडबाटै भुक्तानी गर्न सक्छन ।

विशेषगरी चाइनिज पर्यटकले भने वी च्याट पे को माध्यमबाट सहयोग गर्न सक्ने बैंकले जानकारी दिएको छ । यो बैंकले देशका विभिन्न स्थानमा रहेका तरकारी बजार, सपिङ्ग कम्पलेक्स लगायतमा उक्त सेवा दिदैं आएको छ ।

अन्य क्षेत्र पनि पहिचान गरी डिजिटल सेवा प्रदान गर्दै जाने उदे्श्य रहेको बैकले जनाएको छ ।

प्रतिक्रिया